२०७८ माघ ०२ आइतबार

दुःखायो दिल कोरोनाले

दुनियाँ क्या बर्बाद भो, लुकायो दिल कारोनाले ।। अहंकार बढेथ्यो सबमा, झुकायो दिल कोरोनाले ।।

लकडाउन खुकुलो र खुला गर्न बन्यो कार्ययोजना

अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन),पहेंलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिनेछ ।

स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभाग खारेज गर्ने तयारी

स्वास्थ्य मन्त्रालयले देशमा देखापर्ने विभिन्न सर्ने तथा नसर्ने रोग र महामारीको प्रभावकारी नियन्त्रण गर्न अमेरिका र चीनको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ जस्तै शक्तिशाली केन्द्र निर्माण गर्ने प्रस्ताव गरेको थियो ।

नेकपामा उल्टियो समीकरण

प्रधानमन्त्री ओलीले बैठकमा पार्टी र सरकार सञ्चालनमा आफ्ना तर्फबाट कमजोरी भएको भन्दै आत्मआलोचना गरेपछि राजीनामा दिनै पर्ने अडानमा रहेका नेताहरू पनि पछि हटेका थिए।

बदलीसँगै तीन दिनसम्म वर्षाको सम्भावना

भोलि देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन भन्छ–कोरोनाले विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । आइएलओका अनुसार विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पुर्‍याएको छ ।

ओलीको नयाँ प्रस्ताव : दाहाल-नेपाल सशंकित

कोरोना संकट टरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने, आफूपछि गौतमलाई संसद्मा ल्याएर प्रधानमन्त्री बनाउने अनि वरिष्ठ नेता नेपाललाई पार्टी विधान संशोधन गरी तेस्रो अध्यक्ष बनाउने उनको प्रस्ताव थियो।

हजारौंको खुसी फर्कियो, लाखौं पर्खाइमा

‘बल्ल घर फर्कन पाउने भयौं,’ दसैंतिहार मनाएर मजदुरीका लागि अछामबाट भारत, पिथौरागढको नाचरी पुगेकी दीपा विकले दार्चुला भित्रिएपछि भनिन्, ‘धेरै खुसी लागेको छ ।’ उनीसँगै १३ जनाले धार्चुलाको जोलजिवीबाट १२ किलोमिटर टाढा ब्रह्मस्थित राहत शिविरमा ३४ दिन बिताएका थिए ।

वडा अध्यक्षमाथि कुटपिट 

कुटपिटमा संलग्न पाँच जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा स्थानीय जनक, पारस, तीलक, उमेश र कमल न्यौपानै रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय पचालझरनाले नियन्त्रणमा लिएर जिल्लामा पठाएको हो ।

चर्चित भारतीय अभिनेता ऋषि कपूरको निधन

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।