२०७८ माघ ०२ आइतबार

‘हाइरिस्क’ मा राख्दै तत्काल काठमाण्डौ नखुल्ने

अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउने/कडा बनाउने तयारी गरे पनि तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’मै राखिने तयारी भएको बताइएको छ । 

करेण्ट लागेर दुई जनाको मृत्यु 

रसुवा,नौकुण्ड गाउँपालिका-५ भोर्ले बस्ने २६ वर्षीय बुद्धि बहादुर तामाङको करेण्ट लागेर आइतबार राति मृत्यु भएको छ ।  आफ्नै घरकोकोठामा विद्युतीय बत्तीको चिम फेर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । 

नेपाली युवा दिवेश अमेरिकन आइडलको उत्कृष्ट १० मा पुग्न सफल

विश्वव्यापी रुपमा चर्चित रियालिटी शो अमेरिकन आइडलमा २१ वर्षीय दिवेश कार्यक्रममा ‘आर्थर गन’ को नामबाट प्रतिष्पर्धा गरिरहेका छन्। उनले आफ्नो सामाजिक संजाल फेसबुक, इस्टाग्राम र ट्वीटरबाट आफू उत्कृष्ट १० मा पुगेको जानकारी दिएका हुन्।

लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ

हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल भएको वडाध्यक्ष रायले बताउनुभयो । पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन् ।

परीक्षणका लागि कीट ल्याइँदै

मन्त्रालयले पहिलो पटक बोलपत्र आह्वानबाट ७० हजार आरडिटी कीट ल्याएको थियो । अहिले ती सबै आरडिटी कीट सबै प्रदेश र स्थानीय तहमा पठाइसकेकाले मन्त्रालयसँग कीट छैन ।

सवारी चाप बढेसँगै उच्च सतर्कता

उपत्यकामा कोरोना सङ्क्रमण भित्रिन नदिन काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यका प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी उच्च राख्नुका साथै सवारी चाप आपसी समन्वयका आधारमा व्यवस्थित गर्ने तयारी गरेको छ ।

तीन हजार नेपाली फर्काउँदै कुवेत

साउदी अरेबियाले पनि कोभिड अघि घोषणा गरेको एम्नेष्टी खोल्न सक्नेछ भने त्यस्तै एमनेस्टी यूएईले पनि गर्न सक्ने दूतावास अधिकारीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन्। यता मलेसियाले पनि फर्कनेका लागि आइतबार सूचना जारी गरिसकेको छ।

नेपालगन्जमा समुदायमा संक्रमण

संकलन गरिएकामध्ये आइतबार साँझसम्म ५५ जनाको स्वाब परीक्षण भएको छ, अन्यको परीक्षण जारी छ । यससँगै नेपालगन्जको मध्य बस्तीमा संक्रमितको संख्या १६ पुगेको छ ।

नेपालमा थप एक जनामा कोरोना पुष्टी 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।

खड्ग प्रसादको खड्गो टरेकै हो त ?

आफ्नो पार्टीभित्र अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले संसदीय दलदेखि पार्टीको सचिवालय र स्थायी कमिटीमा अल्पमतमा पारेर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने खतरनाक खेल खेलिरहेको कुरा प्रधानमन्त्री के.पी शर्माले सुइको पाइसकेका थिए ।