सामाजिक सञ्जालको बढ्दो दुरुपयोग

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ जेष्ठ २६, आईतबार


बिनु शर्मा

वर्तमान समयमा संसार एउटा सानो घरको कोठामा बसेर अवलोकन गर्न सम्भवभएको छ । मानिस संसारको जुनसुकै कुनामा रहेछापनि उ संसारभर जोडिन सक्ने भएको छ । यी सबको कारण हो, सामाजिक सन्जाल । सामाजिक सन्जाल आजको युगमायति परिचित हुनपुगेको छ, जसको प्रयोग नगर्ने मानिस कमै मात्रमा पनि भेटाउन कठिन भएको छ । 

सामाजिक सन्जाल समाजको सम्पूर्ण घटना तथा व्यक्तिको सम्बन्ध जोड्नका लागि तथा सूचना र जानकारीको छिटो र भरपर्दो तरिकाले जानकारी गराउने एक माध्यम हो । पछिल्लो समयमा केटाकेटीदेखि लिएर बुढाबुढीसम्म सामाजिक सन्जालका प्रिय र आत्मीय मित्र बन्नुका साथै उनीहरु सामाजिक सन्जालका लतका शिकार बन्न पनि बाध्य छन् । social media  सूचना, जानकारी थाहा पाउने सजिलो, छिटो र विश्वासिलो माध्यम हो । तर वर्तमान परिप्रेक्षमा यसको प्रयोगको गतिलाई नियाल्ने हो भने, यसको फाइदाका तुलनामा बेफाईदालाई दोब्बर मात्रामा बढेको पाउन सकिन्छ । यदि तुलोमा एकापट्टि फाईदा र अर्कोपट्टि बेफाईदा राखेर जोख्ने हो भने, यसका बेफाईदाले फाइदालाई सहजै मात्रामा हराउन सक्ने सम्भावना पनि उत्तिकै मात्रामा पाउन सकिन्छ । कारण हो, यसको गलत प्रयोग । आजका पिंढीहरुले social media को सदुपयोग भन्दा पनि दुरुपयोग अत्यन्त बढी मात्रामा गरिरहेका छन्, फलस्वरुप त्यसको जोखिम पनि उनीहरु आफै भोग्न विवश छन् । त्यसकारण यसको दुरुप्रयोगका विभिन्न अप्रिय घट्नाहरु प्रकाशन र प्रशारण माध्यममा आउनुलाई नौलो विषय मान्न सकिँदैन । 

सामाजिक सञ्जालले मानिसको सम्बन्ध विस्तार गर्न तथा जोड्न महत्वपूर्ण भूमिका खेलेको त यसले शाब्दीक अर्थबाट नै बुझन सकिन्छ । किनकी, सामाजिक सञ्जाल दुईवटा शब्दबाट बनेको शब्द हो, जसमा समाजिकको अर्थ, समाजको र सञ्जालको अर्थ, जोड्नु भन्ने रहन्छ । तसर्थ समाजको र सन्जालको अर्थ जोड्नु भन्ने रहन्छ । तसर्थ समाजको सदस्यलाई एक आपसमा जोड्ने कार्य गर्ने विभिन्न माध्यम तथा साधन नै सामाजिक सञ्जालका माध्यम हुन् । जसमा,Facebook, Messenger, IMO, Youtube, Viber, Google आदि पर्दछन् । 

Social Media ले मानिसको सम्बन्ध विस्तार गर्न तथा जोड्न महत्वपूर्ण भूमिका खेलेजस्तै यसले मानिसको सम्बन्ध विच्छेद जस्तो समस्याको पनि उत्तिकै रुपमा सिर्जना गरेको छ । यसले मानिसको Time Pass गर्न महत्वपूर्ण भूमिका निभाएसँगै समयको बर्वादी र दुरुपयोगको अवस्थाको उठेदेखि बेलुकाको ओछ्यानसम्म नपुगुनजेल सम्म पनि यस्ता माध्यमको प्रयोगलाई आफ्नो रुचि र आवश्यक साधनको रुपमा यसको प्रयोग गरी यसको लतको शिकार बनेका छन् । जसका कारणबाट मानिसमा विभिन्न शारीरिक र मानसिक समस्या देखापर्न थाल्नुलाई स्वभाविक मान्न सकिन्छ । यसले आफ्ना इच्छा अनुशारको साथी बटुल्न सहयोग गरेसंगै हत्या, हिंसा तथा अपराधजन्य क्रियाकलापको सिर्जनालाई पनि उत्तिकै मद्दत गरेका छ, भन्दा कुनै सहजता नहोला । यस्ता Social Media को माध्यमबाट इच्छा र आवश्यकता अनुसारको व्यद, काम, जागिर खोज्न सम्बन्ध भएसँगै, आर्थिक नोक्सानको जोखिम भोग्नपनि मानिस विवश छन् । 

सामाजिक सन्जालको प्रयोगलाई आधार बनाएर हेर्दा, आजको युगलाई घोम्टे युगको नामकरण दिंदा कुनै फरक फरक नपर्ला, किनकी आजका मानिसमा सामाजिक मन, सामाजिकीकरण क्रमशः हराउँदै जाने क्रममा छ । आजकल एकै परिवारका सदस्य पनि चिनजान नभएका अपरीचित व्यक्तिसरह आफ्नो मोबाइलमा घोरिएर परिवारका सदस्यबीच घुलमिल हुने प्रक्रियामा पनि आँच आउन थालेको छ । आजका मानिसहरु आफ्नो मोवाइलमा घोरिएर परिवारका सदस्यबीच घुलमिल हुने प्रक्रियामा पनि आँच आउन थालेको छ । आजका मानिसहरु आफ्नो मोवाइललाई नै सबथोक मानेर त्यसैमा आफ्नो मूल्यवान् समयको बर्बाद झेलिरहेछन् । जसबाट नयाँ संस्कृति विकास हुनुका साथै आफ्नो परम्परा, धर्म, संस्कृति, मूल्य मान्यता र सामाजिकीकरण क्रमशः हराउँदै जाने धरापको अबस्थामा छ । सामाजिक सन्जालको अत्यन्त गम्भीरतापूर्वक असर आजका विद्यार्थी वर्गमा पनि उत्तिकै पर्न थालेको छ । विद्यार्थीहरुका लागि अत्यन्तै  उपयोगी र महत्वपूर्ण कुराहरु पनि यसमा समावेश गरिएको हुने हुँदा उनीहरु सुरुसुरुमा यसप्रति आकर्षित भई यसको प्रयोग गर्ने र पछि गएर यसैको लतको शिकार बन्ने क्रमःपनि पछिल्लो समयमा उत्तिकै बढेको छ, जसको उनीहरुले सदुपयोगको सट्टामा दुरुपयोगको जोखिम पनि उत्तिकै मोल्नु परेको सहर्ष स्वीकार्न सकिन्छ । जसमा उनीहरुले वर्तमानमा गरेको सामान्य गल्तीले भविष्यमा समेत ठूलो असर गर्न सक्छ भन्ने कुरामा दुईमत नरहला । 

सामाजिक सन्जालले साथी बनाउन र सम्बन्ध विस्तार गर्न, सूचना तथा मनोरन्जन प्राप्त गर्न, आफ्ना कुरा share गर्न धेरै हदसम्म सहयोग गरेता पनि यसले विकृति र देखासिकी तथा लतको सिर्जनालाई पनि उत्तिकै प्राथमिकताका साथ सिर्जना गरेको छ । आजका केटाकेटीहरु यस्ता माध्यममा रहेका विभिन्न नाममा अत्यन्त आकर्षित रहने र मनोरन्जन पर्याप्त लिने हुँदा उनीहरुमा सानै उमेरमा नै आँखाको समस्या तथा अन्य शारीरिक तथा मानसिक समस्या देखापर्न थालेको छ । यसले एउटा सामान्य व्यक्तिलाई संसारसँग जोड्नु World Wide Connection का साथै गोपनियताको भङ्ग हुने क्रमलाई पनि सिर्जना गरेको छ जसबाट यौनजन्य अपराध तथा अन्य अपराधजन्य घटनाको पनि सिर्जना गर्न मद्दत गरेको छ । तसर्थ social media को फाइदाको दोब्बर बेफाईदा आजका यसका गलत प्रयोगकर्ता विशेष गरी युवा पिंढीले झेल्नु तथा सामना गर्नु परेको तथ्य पनि म यसै लेखबाट सार्वजनिक गर्न चाहन्छु । यसरी सामाजिक सन्जालको फाईदासँगसँगै जोडिएको बेफाईदाले भयङकर रुप लिन सक्ने सम्भावना पनि आजको युगमा उत्तिकै मात्रामा बढ्दै गएको छ । 

आजको युगलाई बैज्ञानिक र नयाँ नयाँ माध्यमको आविस्कारलाई पनि उत्तिकै मध्यनजरमा राखिन्छ । तसर्थ यस युगमा भएको सामाजिक सन्जालको विकास र परिवर्तनलाई पनि यसको उदाहरणको रुपमा लिन सकिन्छ । तर आजको पिंढीमा सामाजिक सन्जालको गलत प्रयोगबाट हुने हानीको बारेमा पनि सूचित गराउनु र सरोकारवाला पक्षले यस विषयलाई गम्भीरताका साथ लिई यस सम्बन्धी कानुनमात्र नभई त्यसको कार्यान्वयनमा पनि उत्तिकै सक्रिय रहनुलाई आजको टड्कारो आवश्यकताका रुपमा उभिएको कुरालाई सहर्ष स्विकार गर्न सकिन्छ । 

- शर्मा अरनिको उच्चमा.वि. दधिकोट, भक्तपुरमा अध्ययनरत छिन् !