संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ जेष्ठ २७, सोमबार


काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिने कार्यसूची रहेको छ । बोल्न बाँकी सदस्यहरुले बोलिसकेपछि अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

त्यस्तै, प्रतिनिधिसभाको बिहान ११ बजे नै बस्ने बैठकमा विभिन्न मन्त्रालय शीर्षकमा विनियोजन गरिएको खर्चमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शिर्षकमा विनियोजि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा सांसदहरुले विभिन्न मन्त्रालयका लागि विनियोजि खर्च रकमलाई घटाउन खर्च कटौतिका लागि प्रस्तावहरु पेश गर्नेछन् ।