कांग्रेसका अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ जेष्ठ २७, सोमबार


काठमाडौं । प्रतिनिधि सभाको आज (सोमबार)को बैठक सूचना टाँसेर भोली (मंगलबार) सम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीसम्बन्धी विधेयकको विरोध गर्दै राजधानीको माइतीघर मण्डलामा भेला भएकाहरुमाथि सरकारले बरबरतापूर्वक आक्रमण गरेको भन्दै संसद बैठक अवरुद्ध गरेको थियो । 

सोमबारको बैठक सुरु हनसाथ नेपाली कांग्रेसले माइतीघर मण्डलामा भएको प्रहरी दमनको भत्र्सना गर्दै त्यसबारे गृहमन्त्रीको जवाफ माग गरेको थियो ।

भूमिसुधार मन्त्रीको जवाफपछि पनि कांग्रेस सांसदहरुले माइतीघरमा प्रर्दशनकारी माथि भएको धरपकडबारे गृहमन्त्रीको जवाफ माग गर्दे अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो । १५ मिनेटका लागि स्थगित भएको बैठक सुचना टाँस गरी पुनः मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।