सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणका विरुद्ध उजूरी आव्हान : उजूरीकर्ताको नाम गोप्य राखिने

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ जेष्ठ २७, सोमबार



काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गामाथिको अतिक्रमण छानबिनका लागि गठित जाँचबुझ आयोगले उजुरी आह्वान गरेको छ ।

जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३(२) बमोजिम नेपाल सरकारबाट गठित ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग, २०७६’ले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको भए उजुरी गर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

सरकारबाट हालै गठित आयोगले गतसाताबाट काम शुरू गरेको छ । आयोगको कार्यालय सिंहदरबारस्थित सर्भिस सेन्टर भवनको भुइँतलामा स्थापना भएको छ ।

‘सरकारी, सार्वजनिक र गुठी जग्गा कुनै पनि व्यक्ति वा संस्थाले गैरकानूनी तरिकाले दर्ता गरी गराई हिनामिना गरेको सम्बन्धमा र सार्वजनिक हितका लागि समयसमयमा सरकारबाट अधिग्रहण तथा जफत गरिएका जग्गाहरू हिनामिना भएरगरेको सम्बन्धमा सूचनारजानकारीरनिवेदनरउजुरी आयोगको इमेल ठेगाना वा आयोगको फ्याक्स नं ०१–४२००६७१ वा हुलाकमार्फत वा कार्यालयमा आफैं आई दिन सकिने छ ।

साथै थप जानकारीका लागि कार्यालय समयमा आयोगको फोन नं। ०१–४२००६७० मा सम्पर्क गर्न सकिने छ,’ आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

उजुरीकर्ताको पहिचान गोप्य राखिने बताईको छ  । आयोगले गोरखापत्रमा सार्वजनिक सूचना समेत जारी गरेको छ ।