प्रकाश सपुत र शम्भु राईबीच सहमति

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ असार ११, बुधबार


काठमाण्डौ । ‘गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ । 

गायक शम्भु राई र गायक प्रकाश सपुतविच गीतको लय चोरीको बिषयमा केही समयदेखि लफडा चलिरहेको थियो । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ । ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राइले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका थिए ।

लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेपछि शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा नै उनीहरुको सहमति भएको छ । सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।