चाणक्यले कानुन संकायमा पनि अध्यापन गराउने

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ असार २९, आईतबार


भक्तपुर । मध्यपुर ठिमी स्थित जिल्लाकै ठूलो व्यवस्थापन कलेज चाणक्य कलेज अफ म्यानेजमेन्टले कानुन संकायमा पनि अध्यापन गराउने भएको छ । 

अनन्त सन्देशसँग विशेष कुराकानी गर्दै कलेजका प्राचार्य बासुकीराज रेग्मीले जिल्लाकै अब्बल व्यवस्थापन कलेजका रुपमा रहेको यस कलेजले विज्ञान, कानुन र मानविकी संकायमा समेत अध्यापन गराउने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यी सबै बिषयमा स्वीकृति प्राप्त गरिसकेका छौ, निकट भविष्यमा नै हामी सबै बिषयमा अध्यापन गराउनेछौं ।’ 

प्रचार्य रेग्मीले नर्सरीदेखि पढाइ सुरु गरी स्नातकोत्तर तहसम्म व्यवस्थापन संकायमा अध्ययन गर्न सकिने जिल्लाकै एकमात्र कलेज चाणक्य कलेज अफ म्यानेजमेन्ट भएको बताउनुभयो । 

बिक्रम सम्बत् २०७४ सालमा चाणक्य कलेजमा अध्ययन गर्ने छात्रा सञ्जिला जोशीले व्यवस्थापन संकायमा त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै रेग्मीले २०७४ सालमा  नै सोही कलेजमा अध्ययन गर्ने व्यवस्थापन संकायकी १२ कक्षाकी छात्रा शर्मिला थापामगरले जिल्लाका सबै संकायमा उत्कृष्ट नतिजा ल्याएको जानकारी दिनुभयो ।  

कलेजमा विद्यार्थीमैत्री वातावरणमा अध्यापन हुँदै आएको बताउँदै रेग्मीले भन्नुभयो, ‘हाम्रो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुमा विगत ११ बर्षदेखि ९८ प्रतिशत विद्यार्थीहरुले प्लस टू मा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।’

कलेजले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा विशेष ध्यान दिँदै आवश्यकता अनुसार अतिरिक्त कक्षा, करियर काउन्सिलिङ, अडियो भिज्यूल, इ–लाइब्रेरी तथा अत्याधुनिक भौतिक संरचनामा अध्ययन गर्ने वातावरण तयार गरिएको प्राचार्य रेग्मीले बताउनुभयो । 

१० रोपनी क्षेत्रफलमा फैलिएको उक्त कलेजको भूकम्प प्रतिरोधी भवनमा अहिले ७ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।