भक्तपुर नगर क्षेत्रभित्रका बृद्धिजीवी समुदायबाट संकलित रायसुझाव छलफल कार्यक्रम 

प्राध्यापक डा.उत्तमकृष्ण कर्माचार्य
प्राध्यापक डा.उत्तमकृष्ण कर्माचार्य

२०७६ श्रावण ५, आईतबार


मिति २०७६ जेठ २४ गते भक्तपुर नगरपालिकाको सभा कक्षामा आ.ब. २०७६/७७ को बजेट नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा भक्तपुर नगर क्षेत्रभित्रका बुद्धिजीवि समुदायसँग राय–सुझाव संकलन गर्ने कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा सयौं बुद्धिजीवि महानुभावहरुको उपस्थिति थियो । उपमेयर श्रीमती रजनी जोशीबाट कार्यक्रमको औचित्य र उद्देश्यबारे विस्तृत जानकारी दिएको थियो । मेयर सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिहरुबाट नगरपालिकाको पहिलो र दोश्रो कार्यकालको उपलब्धिहरुका मुख्य–मुख्य विवरण प्रस्तुत गर्नु भएको थियो । यस सम्बन्धमा भक्तपुर नगरवासीहरुले गत वर्ष र यस वर्ष भक्तपुर नगरपालिकाका मेयरले प्रस्तुत गर्नु भएको वार्षिक कार्य योजना महत्वपूर्ण मान्न सकिन्छ । वार्षिक विवरण नगरमा भएको विभिन्न कार्य, प्रगति र बजेट विस्तृतीकरण मनन गरी नगरवासीहरुले उपरोक्त दुवै विवरण एवं प्रतिवेदन बेलाबेलामा अध्ययन गर्नुपर्ने आवश्यक देखिन्छ ।

छलफल कार्यक्रमको आयोजनामा धेरै बुद्धिजीविहरुले नगरको विकास, नयाँ कार्यक्रमहरु तथा कमी–कमजोरीहरुको बारेमा महत्वपूर्ण राय र सुझावहरु व्यक्त गरेका थिए । उपरोक्त छलफल कार्यक्रममा समयको अभाव र अरु कार्यक्रममा अतिथिको रुपमा सहभागी हुनुपर्ने भएकोले छलफलमा आफ्नो राय र सुझाव व्यक्त गर्ने अवसर नपाएको हुनाले भक्तपुरको लोकप्रिय “राष्ट्रिय साप्ताहिक अनन्त सन्देश”मार्फत आफ्नो राय र सुझाव व्यक्त गर्दछु ।
१.    भ.न.पा.वेब साइटको पहुँच र अपडेट भइरहनुपर्ने देखिन्छ ।
२.    दरबार क्षेत्रको सम्पदा ताहा फल्चा (लामो पाटी) को माथिल्लो भागमा रेष्टुराँ नखोल्नु राम्रो हुन्छ । सो स्थानमा चित्रकला, बास्तुकला आदिको म्युजियम राख्दा राम्रो हुन्छ ।
३    भक्तपुरका सम्पदाहरुको भिडियो क्लीपहरु तयार गर्ने ।
४.    भिडियो क्लीपहरु दत्तात्रय, टौमढी (पाँचतले मन्दिर) लगायतका स्थानमा प्रदर्शन गर्ने । यस सम्वन्धमा पर्यटकहरुलाई टिकट काट्ने स्थानमा नैपूर्व जानकारी दिने ।
५.    भक्तपुर नगरपालिकाको साँस्कृतिक सम्पदाको अदृश्य विवरणका लेखहरु तयार गर्न लगाउने ।
६.    होटेल र रेष्टुरेण्टको जानकारी वेब साइटमा राख्ने ।
७.    भक्तपुर नगरपालिकाका साँस्कृतिक सम्पदाबारे ६ वटा न.पा.को विभिन्न भाषामा प्रकाशित बु्रशियरमा अनुवाद गरी प्रकाशन गर्ने ।
८.    अदृश्य विवरणको बारे लेख–अनुसन्धानको लागि विज्ञको टिम वनाउने ।
९.    इतिहासविद्, संस्कृतिविद्, कलाकृतिविद्, भाषाविद्, शिक्षाविद्हरुको सूचि तयार गर्ने ।
१०.    देवीदेवता र मन्दिरहरुको नामावली तयार गर्ने ।
११.    प्रत्येक वडाको संक्षिप्त विवरण ९एचयाष्भि० बनाउन लगाउने ।
१२.    पचपन्न झ्याले दरवारको विवरण तयार गर्ने ।
१३.    पाँचतल्ले मन्दिरको विवरण तयार गर्ने ।
१४. दत्तात्रेय मन्दिरको विवरण तयार गर्ने ।
१५.    शैक्षिक संस्थाहरुको विवरण प्रकाशित गरी वेब– साइटमा पनि राख्ने ।
१६.     भक्तपुर नगरपालिकाको ब्रुशरमा भएको महत्वपूर्ण देवालय–मन्दिरहरुको भिडियो शोमाराख्ने ।
१७.     हप्ताको दुईपटक साँस्कृतिक नाचगान प्रदर्शनी दरबार स्क्वायर, दत्तात्रय, टौमढी आदि स्थानमा गर्ने ।
१८.    विज्ञहरुका भिडियो विवरण तयार गर्ने जस्तै प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, विनोदराज शर्मा, प्रा.डा सिद्धिवीर कर्माचार्य, ओम धौभडेल, तेजेश्वर बाबु ग्वंग लगायत मूर्तिकार, शिल्पकार, साहित्यकार र सम्पदा विद् रत्न सायमी,ईन्द्र शिल्पकार, तलेजुभवानी पुजारी नाइके उत्मांन  राजोपाध्याय जोशी नाइके नरेन्द्र प्रसाद जोशी, पुजारी पद्म कर्माचार्य आदि ।
१९.    भनपा दशवटै वडामा सामुदायिक अध्ययन केन्द्र खोल्ने र बेला बेलामा भिडियो शोको व्यवस्था गर्ने । 
२०.    सल्लाघारी ९९ रोपनी जग्गामा पर्खाल लगाउने र संरक्षण संरक्षण गर्ने काम उदाहरणीय मान्नु पर्दछ । यस्तै काम अन्यत्र पनि गर्नुपर्ने देखिन्छ ।
२१.    भाजुपोखरीजस्तै अरु स्थलको पनि अध्ययन अनुसन्धान गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
२२.    नगरका बाटोमा ढुंगा छपाइको कार्यलाई निरन्तरता दिँदै जानु अत्यन्तै आवश्यक देखिन्छ । 
        

प्राध्यापक कर्माचार्य शिक्षाविद् हुनुहुन्छ ।