युवा विकास तथा अध्ययन केन्द्रको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरे

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण २६, आईतबार


भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित युवा विकास तथा अध्ययन केन्द्रले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । 

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको समन्वयमा आयोजित उक्त कार्यक्रममा स्थानीय युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 

समाजको विकास सिर्जनशील युवाहरुको काँधमा भन्ने नारालाई आत्मसाथ गर्दै युवा विकास तथा अध्ययन केन्द्रले स्थापना पश्चात दोश्रो कार्यक्रमका रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको केन्द्रका अध्यक्ष सुमन न्यौपानेले बताउनुभयो । 

कार्यक्रममा रक्तदाताहरुका निम्ति स्थानीय आनन्दकुमार श्रेष्ठले फलफूल तथा जुस व्यवस्थापनको निम्ति आवश्यक सहयोग गर्नुभएको थियो भने किशोर न्यौपाने, राजकुमार न्यौपाने तथा ई न्याचूरल फर्मका तर्फबाट आवश्यक अण्डा सहयोग प्रदान गरिएको केन्द्रका सदस्य रविन न्यौपानेले जानकारी दिनुभयो । 

केन्द्रले स्थापनाकालदेखि नै सामाजिक विकासका विभिन्न सिर्जनशील तथा रचनात्मक कार्यलाई आयोजना गर्दै आइरहेको छ ।