पौडी खेलाडी सैयद हम्ज़ाको राष्ट्रिय किर्तिमान

अनन्त सन्देश

२०७६ भाद्र ८, आईतबार


काठमाडौ । नेपालका चर्चित पौडी खेलाडी सैयद हम्ज़ा शाहले अन्तर्राष्ट्रिय पौडी महासंघको आयोजनामा हंगेरीको बुडापेस्टमा सञ्चालन भईरहेको ७ औ फिना विश्व जुनिअर पौडी प्रतियोगितामा २ वटा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् । 

किर्तिमान कायम गर्न सफल हम्ज़ाले १०० मिटर बटर फ्लाईमा आनन्द लेप्चाले सन् १९८९ मा बनाएको १ : ०३ : ४३ मिनेटको राष्ट्रिय किर्तिमान लाइ तोडेका छन। उनले १ : ०१ : २२ मिनेटले तोड्दै आफ्नो नाममा सो कीर्तिमान राख्न सफल भएका हुन् ।

निकैनै प्रतिस्पर्धात्मक रहेको सो प्रतियोगितामा हम्जले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले अम्जले ५० मिटर बटर फ्लाई २७ स् ५५ सेकेन्ड मा पूरा गरि नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन् । सानै देखि पौडीका शौखिन उनी कडा मेहनत र परिश्रमले मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने विश्वास गर्छन् । नेपालको इज्जत राख्न सफल भएका उनी खेलको माध्यमद्वारा नेपाललाई चिनाउन पाएकोमा गर्व गर्छन् ।