रवि लामिछानेको छुनछेक बहस सुरु

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र ९, सोमबार


काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिए लगत्तै थुनछेक बहस सुरु भएको छ । 

लामिछाने र कँडेलको सोमबार जिल्ला अदालत, चितवनमा वयान लिइएको थियो । 

यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो ।
विहान साढे १० बजे अदालतमा उपस्थित गराइ बयान सुरु गरिएको थियो भने पौने १ बजे सम्पूर्ण वयान सम्पन्न भएको थियो । 

सबैको वयान सकिएसँगै अदादमा बहस प्रारम्भ भएको हो । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा अहिले बहस भइरहेको छ । 

वादी र प्रतिवादीको बहसपछि अदालतले तीनै जनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश जारी गर्नेछ । तर, बहस नसकिएको हकमा पुनः सबैलाई जिल्ला प्रहरी कार्यालय, चितवनकै हिरासतमा राखिनेछ भने मंगलबार बिहान पुनः उपस्थित गराइनेछ ।