सुनको मूल्य घट्यो

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र १०, मंगलबार


काठमाण्डौ । केही समययता निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा मंगलबार नौ सय रुपैयाँले घटेको छ । सोमबार प्रति तोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार खुलेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य मंगलबार ७२ हजार ३ सयमा झरेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँले स्थिर छ । सोेमबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य नेपाली सुनचाँदी व्यवसाय इतिहासकै सबैभन्दा धेरै भएको व्यवसायीहरुले बताएका छन् ।