शिखर राजनैतिक व्यक्तित्व सम्मानबाट सांसद बस्नेत सम्मानित 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र ३०, सोमबार



काठमाण्डौ । युवा अवस्थादेखि नै मुलुकको राजनीतिक तथा सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै प्रतिनिधि सभाका सदस्य महेश बस्नेतलाई ‘शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६’द्वारा सम्मान गरिएको छ । 

शिखर नेपालको आयोजनामा नेपालमा पहिलो पटक भएको विशेष कार्यक्रममा बस्नेतलाई राजनैतिक शिखर व्यक्तित्वको रुपमा सम्मान गरिएको हो । 

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नम्बर ७ (साविक गुण्डू) मा जन्मनु भइ राजनीतिक रुपमा जिल्ला, क्षेत्र हुँदै र राष्ट्रिय स्तरमा समेत नेतृत्व गर्दै मुलुककै समृद्धिमा उल्लेखनीय भूमिका खेल्न सफल हुनुभएको सम्मान पत्रमा उल्लेख छ । 

युवा अवस्थादेखि नै सामाजिक र राजनीतिक रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामाज र राष्ट्र समक्ष समेत यहाँले पु¥याउँदै आउनुभएको अनुकरणीय योगदान समग्र राष्ट्रवासीहरुका निम्ति समेत प्रेरणाको श्रोत बन्दै आएको सम्मानमा उल्लेख छ । युवा अवस्थामा नै तत्कालिन गाउँ विकास समितिको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सक्षम तपाई तमाम युवाहरुका निम्ति समेत प्रेरणा र उर्जाको श्रोत हुनुहुन्छ ।

मुलुकको समृद्धि र परिवर्तन एउटा कुशल नेतृत्वबाट मात्र सम्भव छ भन्ने ज्वलन्त उदाहरण यहाँले तत्कालिन गाउँ विकास समितिका अध्यक्ष, युवा संघको केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका उद्योग मन्त्री जस्तो गरिमामय जिम्मेवारीमा रहेर सफलतापूर्वक सम्पन्न गरी पुष्टी गरिसक्नुभएको कारण पनि उहाँलाई राजनीतिक क्षेत्रका आशालाग्दा व्यक्तित्वका रुपमा सम्मान गरिएको कार्यक्रममा बताइएको थियो । 
पछिल्लो समयमा भक्तपुर जिल्लालाई समृद्धिका दृष्टिकोणले मुलुककै नमूना जिल्ला बनाउने अभियानको नेतृत्व गर्दै अगाडि बढिरहनुभएका बस्नेत नेपाली राजनीतिक क्षेत्रमा समेत अनुकरणीय व्यक्तित्वका रुपमा अगाडि बढिरहनुभएकोमा यो सम्मान प्रदान गरिएको हो । 

सोही कार्यक्रममा बस्नेतसहित ७ प्रदेशबाट उत्कृष्ट कृषकहरुलाई राष्ट्रिय शिखर कृषक अवार्ड २०७६ बाट सम्मानित व्यक्तित्वहरुलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नगद पुरस्कारसहित सम्मानित गर्नुभएको हो ।