प्रधानमन्त्रीको संसदमा सम्बोधन स्थगित 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन २, विहिबार


काठमाण्डौ ।  प्रधानमन्त्री केपी ओलीले बिहीबार संसदमा गर्न लागेको सम्बोधन स्थगित भएको छ  । संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने  कार्यक्रम तय  भएको थियो । दिउँसो साढे २ बजे प्रतिनिधि सभा र त्यसपछि राष्ट्रिय सभामा सम्बोधन गर्ने तय भएको थियो ।  

शुक्रबार संविधान दिवस परेकोले त्यो दिन पनि केही बोल्नुपर्ने भएकाले बिहीबारको सम्बोधन रोकिएको बताइएको छ । प्रधानमन्त्रीले ओलीले शुक्रबार टुँडिखेलमा आयोजना हुने संविधान दिवसको मुल राष्ट्रिय कार्यक्रममा सम्बोधन गर्ने तयारी रहेको छ ।