आज संविधान दिवस विविध कार्यक्रम आयोजना हुँदै 

अनन्त सन्देश

२०७६ अश्विन ३, शुक्रबार


काठमाण्डौ । आज असोज ३ अर्थात् संविधान दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइँदै छ ।

सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो बर्ष पुरा गर्दै छ । सोही अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।

वि.संं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गर्नुभएको थियो । सरकारले आज संविधान दिवसको अवसरमा टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।