बलीप्रथा

अनन्त सन्देश

२०७६ अश्विन १७, शुक्रबार


आयो घुमीफिरी, शरद ऋतुको आगमन भयो ।
नेपाली घरघरमा, सबको मन गदगद भयो ।।
बर्षा हट्यो, नजाडो नगर्मी मौसम भयो ।
सबैका घरघरमा दशैको चहलपहल सुरु भयो ।।

सोह्र श्राद्ध आयो, पितृहरु सब घरघर आए ।
नवरथा लाग्यो, भक्तजनहरु मन्दिर गए ।।
देवी खुशी भईन, भक्तहरु मन्दिर आए ।।
पूजा नै धर्म हो, तनमनको दुर्भाव गए ।।

म्या–म्या, काँ–काँ, वाईले, मन्दिर सब गुञ्जन भयो ।
आफ्नै सन्तान खाँदा, देवीलाई के आनन्द भयो ?
कस्तो संस्कार बस्यो, बली चदाउँदा धर्म नै हुने ।
बन्यो कस्तो विधान, हिंसाले पनि पुण्य कमाउने ।।

खान खाओ जनहो, नभाक माता जननिको ।
देवी साक्षात आमा हुन्, कसरी पिउँछिन् रक्त सबको ।।
संस्कार यस्तै बस्यो देवीको नाममा बली पशुको ।
माओ कै नाम गरी, चदाए कतिले बली नरको ।।

पाइएन फल कुनै, जसले चढाए बली पशुको ।
सत्ताा प्राप्त भो चाँडै, जसले चढाए बली नरको ।।
बलत्कार, भष्टचार बली समेत सब हिंसा एकै हुन् ।
हिंसा नै धर्म हो भने, किन दुख्यो नेपाली मन् ।।

 

ज्ञानप्रसाद भट्टराई
सूर्यविनायक–४, भक्तपुर