शुभकामना !

अनन्त सन्देश

२०७६ अश्विन १९, आईतबार


कविता

दशैं आयो दशैं आयो, रमाइलो गाउँ सहर ।
देखिन्छ सबैमा समान, खुशी छ बराबर ।।
नेपाल हो फूलबारी, जात धर्म भिन्न भिन्न ।
दशैं सबैको साझा हो, मनाउने शैली भिन्न भिन्न ।।

मानव, प्रकृति, प्राणी, सबै नै हो बराबरी ।
सबै एकै सन्तान हौं, नेपाल आमाका बराबरी ।।
दशैं चाँड बनोस् सबमा, समानता ल्याउने ।
पशु, मानव बीचमा, भातृत्व प्रेम जगाउने ।।

पशु, मानव, देवता, समाजकै हुन् उपज ।
बडाले बनाए विधान, स्वार्थानुसार सहज ।।
द्वेष, ईष्र्या, घृणा, हिंसा, हुन् मनका विकार ।
भगवतीको प्रसाद बनोस्, प्रेमको पनि खातिर ।।

कसैको पेट भोको नहोस्, नाङ्गो कुनै शरीर ।
कसैमा नलागोस रोग, कसैमा नपरोस् शोक ।।
नवनोस् दशैंको चाँड, धनी मात्र रमाउने ।
मेरो यही शुभकामना सबै सँगै रमाउने ।।
 

ज्ञानप्रसाद भट्टराई
अध्यक्ष, माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल