यसरी पक्राउ परे महरा 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन १९, आईतबार


काठमाण्डौ । । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ७ दिनपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।

आइतबार बिहान जिल्ला अदालत काठमाण्डौका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अदालतको अनुमतिसँगै सभामुख निवासमा प्रहरी पुगेको थियो । सुरुमा सादा पोसाकमा प्रहरी पुगेको थियो तर पक्राउ गर्ने तयारीसँगै सभामुख निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

प्रहरीले महरालाई प्रहरी भ्यानमा लैजान खोजेको थियो । तर उनी निजी गाडीमा जान चाहेपछि महरालेनै प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा प्रहरीले लगेको हो । 

अब उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी प्रहरीले बताएको छ । 

महरामाथि असोज १२ गते साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार  प्रयास गरेको आरोप छ ।