वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन १९, आईतबार


काठमाण्डौ । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख रहेका वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको ६१ वर्षको उमेरमा निधन भएको छ । उहाँ कलेजोको समस्याबाट पीडित हुनुहुन्थ्यो । 

उपचारको क्रममा आचार्यको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार निधन भएको हो । उहाँको आइतबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । 

पत्रकारिता बिषयमा प्राध्यापन समेत गराउँदै आएनुभएका आचार्य नेपाल टेलिभिजनका नायव महाप्रबन्धकबाट अवकाश प्राप्त गर्नुभएको थियो । हाल उहाँ न्यूज २४ टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । 

आचार्यको नेपाल टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘चिन्तन मनन’ लोकप्रिय कार्यक्रम थियो । २०१५ सालमा तनहुँको चुँदी रम्घामा जन्मनुभएका आचार्यका श्रीमति र एक छोरी छन् ।