"सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू" शीर्षकको शृंखलाबद्ध भिडियो सार्वजनिक

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन २५, शनिबार


चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको राजकीय भ्रमण थाल्नुअघि नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको निबास बालुवाटारमा चाइना मिडिया ग्रुपका सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ। "सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू" शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमलाई नेपाली राष्ट्रिय टेलिभिजनमा प्रसारण गरिएको खबर थाहा पाउँदा उहाँले खुसीसाथ कम्प्युटरमार्फत त्यस भिडियोको अवलोकन गर्नुभएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले अक्टोबर ११ तारिख "सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू" शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमको अवलोकन गर्नुभएको छ।

उक्त भिडियोको अवलोकन गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्राध्यक्ष सीले मन पराउनुहुने ती भनाइहरू निकै राम्रो रहेको मूल्याङ्कन गर्नुभयो।

"सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू"शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमको नेपाली भाषा संस्करण ।

चाइना मिडिया ग्रुप र नेपाली राष्ट्रिय टेलिभिजनले ११ तारिख काठमाडौंमा संयुक्त रुपमा वृत्तचित्र खिच्ने शुभारम्भ समारोहको आयोजना गर्नुका साथै समारोह स्थलमा "सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू" शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमको नेपाली भाषा संस्करण सार्वजनिक गरेको छ।

"सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू" शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रम सार्वजनिक समारोह ।

चाइना मिडिया ग्रुपका नेपाली सञ्चालकले "सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू" शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमको नेपाली भाषा संस्करणबारे जानकारी दिएका थिए। उपस्थित दर्शकहरूले भिडियो अवलोकन गरेपछि प्रशंसा गर्नुका साथै आफ्नो मातृभाषामा स्पष्टसँग राष्ट्राध्यक्ष सी चिनफिङको विचारधारा बुझ्नपाएको मात्र नभई चिनियाँ संस्कृतिबारेमा समेत जानकारी पाएको बताएका छन्।

चाइना मिडिया ग्रुपका नेपाली सञ्चालिकाले "सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू" शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमको नेपाली भाषा संस्करणबारे जानकारी दिए।

"सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू"शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमलाई नेपाली राष्ट्रिय टेलिभिजनमा प्रसारण गरिनुबाहेक नेपाली मुख्य वेबसाइट सेतोपाटी अनलाइन र लेफ्ट भ्युलगायतका नयाँ मिडिया चौतारोमा पनि प्रसारण गरिने छ।

नेपाल टेलिभिजनले प्रसारण गरेको दृश्य ।