चिनियाँ राष्ट्रपति सि लाई विमानस्थलमा राष्ट्रपतिद्वारा स्वागत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन २५, शनिबार


काठमाण्डौ । चिनियाँ राष्ट्रपति सि चिनफिङ दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुग्नुभएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ । 

२३ बर्षपछि चिनियाँ उच्चस्तरीय राजकीय भ्रमण भएको हो । भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी लाई राष्ट्रपति भण्डारीले विमानस्थल नजिकै गएर स्वागत गर्नुभएको थियो भने त्यसको लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । 

राष्ट्रपति सि को सम्मानमा नेपाली सेनाले विमानस्थलमै गार्ड अफ अनर दिएको थियो । राष्ट्रपति सि शनिवार दिउँसो ४ः४५ बजे त्रिभुवन विमानस्थलमा एयर चाइनाको विमानबाट ल्याण्ड गर्नुभएको थियो । 

यसअघि चिनियाँ सुरक्षाकर्मी सवार विमान ४ः१० बजे ल्याण्ड भएको थियो ।