दक्षिण एशियाली यु १६ महिला नेटबल प्रतियोगितामा शुरू 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ कार्तिक २, शनिबार


ललितपुर । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेटबल प्रतियोगिता प्रभावकारी बन्दै गएको बताउनुभएको छ । 

शुक्रवार ललितपुरको लगनखेलमा शुरू भएको दक्षिण एशियाली अन्डर १६ महिला नेटबल प्रतियोगितामा बोल्दै उहाँले नेटबललाई सार्क ग्यममा राख्न आफूले पहल गर्ने बताउनुभयो । 

यहाँ भएको प्रतियोगितमा १६ वर्ष भन्दा मुनिका महिहलाहरुले मात्र खेलिने भएकाले खेल सबैका  लागि रोचक भएको चर्चा गर्दै उहाँले यस खेलले सबैको ध्यानाकर्षण गरेको दाबी गर्नुभयो । नेपालमा नेटबल खेलप्रति महिला र पुरुष दुबैको आकर्षण बढ्दै गएको चर्चा गर्दै नेटबल खेलको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।  

नेपाल नेटबल संघका अध्यक्ष एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नेटबल खेललाई प्रभावकारी बनाउनका लागि आफ्नो टिमले महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो । 

शुक्रवारदेखि लागनखेल स्थित आर्मी फिजिकल तथा स्पोर्टस सेन्टरमा शुरु भएको नेटबल प्रतियोगिता मंगलवारसम्म चल्नेछ ।  नेपाल, भारत, पाकिस्तान, माल्दिप्स र श्रीलङ्काबीच नेटबलको प्रतियोगितामा सहभागि भएका छन् ।

नेपालमै पहिलो पटक दक्षिण एशियाली नेट बल प्रतियोगिता शुरु भएको हो । खेल प्रति क्वाटर १० मिनेटका दरले ४० मिनेटसम्म खेलिने  सङ्घले जनाएको छ । 
खेलमा श्रीङ्गापुर, श्रीलङ्का, भारत, नेपाल, पाकिस्थान र माल्दिपबाट गरी १२ जनाएम्पायरमा रहेका नेटबल संघका महासचिव दीपक लामाले जानकारी दिनुभयो ।