राउत क्षेत्री समाजको सल्लाहकार समिति गठन

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ कार्तिक २, शनिबार


काठमाण्डौ । राउत क्षेत्री समाज नेपालको सल्लाहकारहरुको मनोनितहरुलाई पत्र हस्तान्तरण गरिएको छ । 

समाजका सहअध्यक्ष अभिमन्यू राउतले राउत क्षेत्रीहरुको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिँदै देशका विभिन्न भागमा रहेका राउत बन्धूहरुलाई एकत्रित गर्नु समाजको उद्देश्य रहेको बताउनुभयो । 

इन्जिनियर भगवानबहादुर राउतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजका सल्लाहकारहरुलाई मनोनयन पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा हरिकृष्ण राउत , सिसुपाल राउत ,डा. रोशन राउत ,नवराज राउत , डिल्ली राउत, सुशील राउत , हरिबहादुर राउत , गणेश राउतले संघसंगठनको महत्वको बारेमा चर्चा गर्नुभयो । 

सोही कार्यक्रममा समाजको भवन निर्माण गर्नको निम्ति डा. रोशन राउतले  १ लाख १ रुपैयाँ , डिल्ली राउत ले प्रवेशद्वार को जिम्मेवारी र त्यस्को लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभये । यस्तै सुशील राउतले २ लाख ११ हजार रुपैयाँ, गणेश राउतले आफ्नो एक महिनाको तलब सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । यसैगरी  तिलकबहादुर राउतले १ लाख १ हजार ,बालकृष्ण राउतले १ लाख, रामशरण राउतले  ५० हजार, जीवन राउतले ५११०० रुपैयाँ , रामकृष्ण  राउतले २५१००, दिलु राउतले २५१००,शिवराम राउतले २५१००, बिपिन राउतले  १११११, पदमकिशोर राउतले १११०० ,खिलबहादुर राउतले  ५१००, पृथ्वी राउतले ५१०० सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।