मिश्रको कविता ‘‘ट्रम्प काकालाई नमस्कार’ उत्कृष्ट घोषणा

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ कार्तिक ५, मंगलबार


काठमाण्डौ । अमेरिकाको टेक्ससस्थित डालासमा आइतबार भएको साहित्यिक प्रतियोगितामा डा.बालचन्द्र मिश्रको कविता प्रथम भएको छ । 

मिश्रको ‘ट्रम्प काकालाई नमस्कार’ शीर्षकको असारे लोकभाकामा आधारित कवितालाई प्रतियोगितामा उत्कृष्ट घोषणा गरिएको हो । 

डालास एभरेष्ट लायन्स क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा नेपाली साहित्यका विभिन्न विधामा २३ जना श्रष्टाहरुले आ–आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो ।  

प्रतियोगितामा मिश्रले कविता मार्फत आफ्नो सिर्जना यसरी प्रस्तुत गर्नुभएको थियो,

‘अर्बिन टेक्सस खोला, बाढी आयो होला, बगाइ ल्यायो लेगरु, 
दशैं तिहार निम्तो, गीतै गाउन बिस्र्याे, लौ न मैले के गरुँ ? 
मन्दिर, चर्च विहार, मनाउँ दशै तिहार, नेपाली सब जनले,
कति सुन्दर ठाउँ, यही रमाउन पाउँ, भन्छ भित्री मनले ।

प्रतियोगितामा प्रथम हुनु भएका कवि मिश्रलाई डेढ सय अमेरिकी डलर नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।