रमाइलो साँझभरी यो मुटुलाई जलाइ गएँ

अनन्त सन्देश

२०७६ कार्तिक १७, आईतबार


गजल

रमाइलो साँझभरी यो मुटुलाई जलाइ गएँ,
विहानीका शीतसँगै तिमीलाई चलाइ गएँ ।।

तिमीसँग नभएका नानाभाँती कुरा गरी,
धोकादिने धोकेवाजले माया भनि छलाइ गएँ ।।

हुरी चली धेरै बेर मनको बत्ती निम्दा,
अँध्यारोमा जताततै र अनि म बलाइ गएँ ।।

–    रघुराम न्यौपाने
२०७६ कार्तिक १४ गते
विहानी ११ः३० बजे