इचङ्गुनारायण सिंङ्गो नागार्जुन नगरपालिकाको पहिचान हो : प्रेमलाल श्रेष्ठ, वडा अध्यक्ष, वडा नम्बर ३

अनन्त सन्देश

२०७६ कार्तिक १९, मंगलबार


नागार्जुन नगरपालिका वडा नं. ३ धार्मिक, पर्यटकीय, तथा साँस्कृतिक वडा हो । यहाँको ऐतिहासिक इचङ्गुनारायण मन्दिरले वडाको मात्र नभइ सिङ्गो नगरपालिकाको पहिचान र गरिमालाई उचाइमा पु¥याएको छ । वडा कार्यालयको विकास  निर्माण र हरिबोधनी एकादशीका दिन इचङ्गुनारायण मन्दिरमा लाग्ने विशेष मेलाको तयारीको सम्बन्धमा नागार्जुन नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रेमलाल श्रेष्ठसँग हाम्रा सम्वाददाताले गरेको  कुराकानीको सारसंक्षेप ।


ऐतिहासिक इचङ्गुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेलाको तयारी कस्तो छ ?
यस नागार्जुन नगरपालिका वडा नं. ३ को इचङ्गुनारायण मन्दिरमा हरिबोधन एकादशीका दिन लाग्ने बिशेष मेलाका लागि अहिले नगरपालिका र वडा नं. ३ ले मेलाको भौतिक पूर्वाधारको तयारी गरिरहेकोे छ । मेलाका लागि आवश्यक व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । मन्दिरको व्यवस्थापनका लागि नगरपालिका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सक्रियातामा मन्दिर सरसफाइ, भक्तजनको सहज दर्शन गराउनका लागि सवारी  साधन पार्किङ, लाइन व्यवस्थापन लगायतका काम गर्न समिति गठन भएका छन् ।  मन्दिरभित्र बनाइरहेको लक्ष्मी नारायण कुण्ड निर्माण त्यस्तै भक्तजनको स्वागतका लागि स्वयमम्भु, सितापाइला र थापाचोकमा गेट निर्माण गर्ने तयारी भएको छ । 

चार नारायण मध्येको एक इचङ्गुनारायण मन्दिरको ऐतिहासिक पक्ष के हो ? 
शेषनारायण, चाँगुनारायण, बिशङ्खुनारायण मध्ये इचङ्गुनारायण कान्छो नारायण हुन् । तत्कालीन राजा हरीदत्त बर्माले चार नारायण मन्दिरको स्थापना गरेका हुन् । हरिबोधनी एकादशिका दिन इचङ्गुनारायण मन्दिरको दर्शन गर्दा मनले इच्छाएको बर पूरा हुने यस लोकमा सुख सम्पत्ति पाइ परलोकमा मोक्ष प्राप्त हुन्छ भन्ने जन विश्वास रहँदै आएको छ । नगरपालिकाले मन्दिरको सम्मान स्वारुप हरिबोधनी एकादशिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

वडा नं. ३ ले मन्दिरको  विकासका लागि केके काम गरेको छ ?
यस नागार्जुन नगरपालिका घोषणा हुनु भन्दा पहिला साविक इचङ्गु गाविस थियो । उक्त गाविस अहिले नगरपालिकाको डा न.३ भएको छ । यस वडामा इचङ्गुनारायण हुनु आफैंमा गर्भको कुरा हो । वडा कार्यालयले मन्दिरको  पुर्ननिर्माणमा आवश्यक सहयोग गरेको र मन्दिरलाई भौतिक व्यवस्थापनलाई व्यवस्थित गरी मन्दिरको प्रचारप्रसार गर्ने काम अहिले वडा कार्यालयले गरिरहेको छ । 

वडा क्षेत्रभित्र वडा कार्यालयले गरेका मुख्य मुख्य काम केके  हुन् ? 
 स्वयमम्बुदेखि रामकोट जाने बाटो विस्तार गर्ने काम भएको छ । बाटोको आसपासमा परेका घरको मुआब्जा दिनका लागि बजेट खोजी गर्न संघ र प्रदेशका सांसदहरु लागि रहनु भएको छ । स्थानीयलाई खानेपानी व्यवस्थापनका लागि डिप बोरिङ्ग गर्ने काम भइरहेको छ । डिप बोरिङ्गसँगै पानीका पाइप व्यवस्थापन गर्ने काममा वडा कार्यालय लागि रहेको छ । विशेष गरी नागार्जुन नगरपालिकाले स्मार्ट शिक्षा दिनका लागि सार्वजनिक विद्यालयको शैक्षिक सुधार गर्ने काम गरेको छ । निजी बोडिङ् स्कूललाई पनि नगरपालिकाको दायराभित्र ल्याएर शैक्षिक गुणस्त्तर सुधार गर्ने काममा नगरपालिका लागि परेको छ । व्यवसायिक पुष्पखेतीका हुने ठाउँमा फूल खेतीका लागि किसानलाई उत्प्रेरणा प्रदान गर्ने काम वडाले गरिरहेको छ । त्यस्तै उन्नन जातका बीऊ बीजन वितरण लगायतका काम नगरपालिकाले र वडा कार्यालयले गरेको छ । 
तपाई निर्वाचित भएको साढे दुई वर्ष भयो अब साढे दुई वर्ष बाँकी  छ अबको बाँकी समयमा के काम गर्ने योजना बनाउनु भएको छ ?
हामी जननिर्वाचित प्रतिनिधि निर्वाचित भएको पाँच वर्षको आधा समय व्यतित भइसकेको छ । बाँकी दुई वर्ष छ  सो समयमा गर्नुपर्ने काम धेरै छन । स्थानीयका  माग र चहाना धेरै छ संभव भएसम्मका सबै काम गर्ने योजना छ त्यसका लागि साधन र स्रोत र जनशक्तिको  व्यवस्थापन हुनुपर्छ । सेवाग्राहीले गाउँगाउँमा सिंहदवार पुगेको महशुस गरेका छैनन् । हामी गाउँ गाउँमा सिंहदवार पु¥याउने कामका लागि निरन्तर सक्रिय हुनेछौं ।