चलाएर फूलको थुङ्गा भारी बर्षा भरि

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ कार्तिक २७, बुधबार


गजल

चलाएर फूलको थुङ्गा भारी बर्षा भरि,
जलाएर फूलेको थुङ्गा भारी बर्षा भरि ।।

बारुदको गन्धभित्र छटपटेको मन,
जलाएर फूलको थुङ्गा भारी बर्षा भरी ।।

छटपटिइ बिताइ रै छु तिम्रो बदन भित्र,
बलाएर फूलको थुङ्गा भारी बर्षा भरि ।।

आँखाभरी मायालुको आशु बगाएर,
छलाएर फूलको थुङ्गा भारी बर्षा भरि ।।

बाहुपासभित्र तिमीलाई देख्ने सपना थियो
दलाएर फूलको थुङ्गा भारी बर्षा भरि ।।

- रघुराम न्यौपाने
२०७६ कार्तिक २३ गते, विहान ९ बजे 
 

You may also like: