भोलि मन्त्रीमण्डल पुनर्गठन हुने सम्भावना 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ मंसिर १, आईतबार


काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुन सक्नेछ ।

आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा(को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

तर कुन कुन मन्त्रीलाई हटाएर नयाँ कसलाई जिम्मेवारी दिने भन्नेमा कुनै छलफल नभएको सचिवालय एक सदस्यले बताएका छन् । भोलि विहानसम्म नामको टुङ्गो लाग्ने र दिउँसो नै मन्त्रीमण्डल पुनर्गठन हुने सम्भावना रहेको सचिवालय श्रोतले बताएको छ ।