बुधबार मन्त्रीमण्डल पुनर्गठन हुने, मन्त्रीलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन प्रधानमन्त्रीको आग्रह

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ मंसिर ३, मंगलबार


काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिष्द पुनर्गठन गर्ने संकेत गर्नुभएको छ । 

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा सहभागी मन्त्रीहरुलाई आफूले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका कारण कुनैपनि कार्यक्रममा सहभागी नहुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भोलि  मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला, यसलाई कसैले अन्यथा नलिनुहोला ।’

बैठकमा नयाँलाई अवसर दिनुपर्ने र मन्त्रीपरिषद् पुनर्गठन गर्न बाहिरबाट समेत दबाब बढेको प्रधानमन्त्री ओलीले बताउनु बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो ।  

सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थियो । तर प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनर्गठन रोकिएको थियो ।