स्वास्थ्यमा सुधार पछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ मंसिर १९, विहिबार


काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । १० दिन अगाडि एपेन्डिसाइटिस भएर अस्पताल भर्ना हुनुभएका ओली आज पूर्णरुपमा स्वास्थ्यलाभ गरेर अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । प्रधानमन्त्री ओली आजदिउँसो चारबजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकोले अब बालुवाटारमै आराम गर्ने गरी डिस्चार्ज गरिएको हो ।

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा पनि केही दिन चिकित्सकीय निगरानीमै राखिने बताइएको छ । मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई टिचिङ्गस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमै आराम गर्दै आउनुभएको थियो ।