युवा विकास तथा अध्ययन केन्द्रमा सुमन न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ मंसिर २२, आईतबार


भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित युवा विकास तथा अध्ययन केन्द्रको प्रथम साधारण सभाबाट सुमन न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

काभ्रेपलाञ्चोकको दोलालघाटमा शनिवार सम्पन्न केन्द्रको साधारण सभाले उपाध्यक्षहरु एलिना राउत तथा अनिल न्यौपाने, सचिव दिपिन न्यौपाने, कोषाध्यक्ष अञ्जली थापालाई चयन गरेको छ । 

यसैगरी साधारण सभाले आगामी ३ बर्षको लागि रविन न्यौपाने, उत्तम न्यौपाने, मनिष न्यौपाने, आविष्कार न्यौपाने, सुरज न्यौपाने, रुपेश न्यौपाने, प्रदिप खड्का तथा रेखा न्यौपानेलाई कार्यसमितिको सदस्यका रुपमा चयन गरेको छ ।  
 

साधारण सभामा केन्द्रका अध्यक्ष सुमन न्यौपानेले केन्द्रको प्रगति विवरण प्रस्तुत गर्दै युवा लक्षित कार्यक्रमहरु आयोजना गर्ने क्रममा युवाहरुको सिर्जनात्मक सहभागिता रहेको बताउनुभयो । उहाँले कुनै पनि सामाजिक विकासको सवालमा युवाहरुको भूमिका उल्लेखनीय रहने भएकाले युवाहरुले सदैव यस्ता कार्यहरुमा निरन्तरता दिनुपर्ने बताउनुभयो । 

यस्तै संस्थाकी कोषाध्यक्ष अञ्जली थापाले केन्द्रले स्थापना भएको ६ महिनामा युवाहरुको सहभागितामा उत्साहपूर्ण कार्यहरुलाई अगाडि बढाउन सफल भएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक समृद्धिको निम्ति समेत युवाहरुले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । 

यस्तै निवर्तमान सचिव एलिना राउतले केन्द्रले छोटो समयमा पनि युवाहरुलाई समेटेर आफ्ना गतिविधिहरु सम्पन्न गर्न सफल भएको बताउनुभयो । 

साधारण सभामा केन्द्रमा आबद्ध ६५ जना युवाहरुको सहभागिताको रहेको थियो ।