नेपाल गूडविभ फाउण्डेशनमा नयाँ कार्यसमिति

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ मंसिर २२, आईतबार


काठमाण्डौ । नेपाल गूडविभ फाउण्डेशनको शुक्रबार सम्पन्न साधारण सभाले आगामी २ बर्षका लागि समिकविक्रम शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

साधारण सभाले उपाध्यक्ष युवराज विद्रोही, महासचिव किरण थापा, कोषाध्यक्ष दावा शेर्पालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा लिलाधर भण्डारी, कृष्णेश्वरी हाडा, बलराम गुरुङ, धनबहादुर तामाङलाई चयन गरेको छ । 

प्रत्येक दुई बर्षमा आयोजना हुने साधारण सभामा ४ जना कार्पेट क्षेत्रका व्यवसायी र ४ जना बालअधिकारका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि चयन हुने व्यवस्था संस्थाको विधानमा भए बमोजिम पदाधिकारी र सदस्यहरु चयन गरिएको नवनिर्वाचित महासचिव किरण थापाले जानकारी दिनुभयो । एक जना कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने व्यवस्था रहेको छ । 

नेपालमा गलैंचा कारखानामा बालश्रममुक्त बनाउने अभियान अन्तर्गत व्यवसायी र गैरसरकारी संस्थाका प्रतिनिधिहरुको साझा प्रतिनिधित्व हुने गरी गूडविभको कार्यक्रम सञ्चालनमा रहँदै आएको छ ।