६ जना सिडियो सरुवा, भक्तपुरमा हुमकला पाण्डे

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ मंसिर २२, आईतबार


काठमाण्डौ । गृह मन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई सरुवा गरेको छ । 

मन्त्रालयले मंगलबार भक्तपुर, चितवन, मकवानपुर, पर्सा, लमजुङ लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।
सरुवा हुनेहरुमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई मकवानपुर सरुवा गरी सहसचिव हुमकला पाण्डेलाई ल्याइएको छ । त्यसैगरी पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई चितवनमा सरुवा गरिएको छ भने चितवनका जितेन्द्र बस्नेतलाई पर्सा सरुवा गरिएको छ । 

यसैगरी अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लक्ष्मणबहादुर खड्कालाई जिल्ला प्रशासन कार्यालय लमजुङमा सरुवा गरिएको छ भने लमजुङका प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरुवा गरिएको छ । खड्का र भट्टराई नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत हुन् ।