गजल पनि कतैबाट आउनु पर्दाे रै’ छ विमल

अनन्त सन्देश

२०७६ पौष २७, आईतबार


गजल 
गजल पनि कतैबाट आउनु पर्दाे रै’ छ विमल,
रुवा जस्तो भूवा जस्तो हुनु पर्दाे रै’ छ विमल ।।

जिन्दगीमा घाम–छाँया कति आउँछन्–आउँछन्,
कैले रुनु कैले हाँस्नु पर्दाे रै’ छ विमल ।।

भावनाका विस्कुनहरु धेरै सुकाइएछ,
सैतानका हूलभित्र बाँच्नु पर्दाे रै’ छ विमल ।।

टुट्दै–फुट्दै छिया–छिया मुटु समालेर,
नचाहेका नातापनि गाँस्नु पर्दाे रै’ छ विमल ।।

- रघुराम न्यौपाने
२०७६ पौष २६,
विहान ९ः४५