धुर्मुस सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाबाट मैदान विशेषज्ञ

अनन्त सन्देश
२०७६ पौष २७, आईतबार

काठमाण्डौ । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमाजनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमाआई.सि.सि ग्राउण्ड स्पेशलिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् ।
आइतबार फाउण्डेशनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुर बिच रङ्गशालाको ग्राउण्डको काम गर्ने गरी सम्झौता भएको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमा मैदानका लागि विशेषज्ञ बोलाएको यो पहिलो पटक नै हो । वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको व्यक्तिसँग जोडिन पाएकोमा खुसी भएको बताउँछन् । उनकाअनुसार ४ महिनामाप्याराफिट बिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउण्ड रेडी गर्ने र निर्माण अवधि पछि पनि ग्राउण्ड कन्सल्टेन्टका रुपमा जोडिनेछन् ।
वार्नपुरा श्रीलंका टेस्ट क्रिकेट टिमको पहिलो कप्तान समेत हुन् । उनि झण्डै ८ बर्ष श्रीलंका क्रिकेट बोर्डको क्रिकेट अपरेशन डाईरेक्टर समेत रहिसकेका छन् । वार्नपुरा श्रीलंकाका लागि पहिलो ओ.डि.आई. खेल्ने खेलाडी समेत हुन्, जसले आफ्नो करियरमा पहिलोपटक श्रीलंकालाई जित दिलाएका थिए ।
उनले आफ्नो करियरमा १९७९ को विश्वकपमा भारत विरुद्धको खेलमा १८ रन र १ विकेटलिँदै खेल श्रीलंकाको पक्षमा जिताएका थिए । जुन श्रीलंकाका लागि पहिलो जित थियो र उनको करियरमा यो खेलले इट्टा थप्ने काममात्र गरेन् यो एक एसोसिएट सदस्य राष्ट्रद्वारा श्रृलंकाका लागि एक मात्र जित थियो,जसमा उनको नाम दर्ज छ । उनी श्रीलंकाको राष्ट्रिय टिममा प्रशिक्षक समेत रहेर काम गरेका थिए र सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (ए.सि.सि.) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए । २०१६ मा ‘युथवीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयकका रुपमा समेत उनले काम गरिसकेका छन् । हाल उनी आईसिसि अन्तर्गत को एसियाको ग्राउण्ड हेर्ने स्पेशलिष्ट रहेर काम गरिरहेका छन् ।
वार्नपुरालाई रङ्गशालानिर्माण अवधिभरका लागि सम्झौता गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । ‘रङ्गशाला निर्माण अन्तर्राष्टिय स्तरको मात्रै होईन् यो एउटा नेपालको गौरव पनि भएकाले बिज्ञ मानिस राख्नुपर्छ भन्ने हाम्रो टिमको सल्लाहअनुसार उहाँलाई बोलाएका हौं’ वार्नरको विज्ञता अनुसार अभियानमा जोडिन बोलाईएको बताउँदै धुर्मुसले भने ‘अझै पनि बिशेषज्ञहरु आवश्यक परेको खण्डमा नेपालमै भएका वाबिज्ञहरु बाहिरबाट ल्याएर भएपनि सबैले तारिफ गर्ने र सबै देशले खेल्न चाहने रङ्गशाला बनाउँछौं ।’