ऋद्धि सिद्धिद्वारा रक्तदान

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ पौष २८, सोमबार


भक्तपुर । सूर्यविनायक नगरपालिका १ सिरुटारमा रहेको ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

संस्थाको प्राङ्गणमा  आयोजना भएको रक्तदान  कायक्रममा  आठ महिला र २३ पुरुष गरि ३१ जनाले रक्तदान गरेको कार्यक्रम सयोजक श्यामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष सानुकाजी कायस्थ, संस्थाका अध्यक्ष ध्रुवराज बिष्टले संयुक्त रुपमा रक्तदाताहरुलाई रगतको प्याकेट र सामाग्री दिएर कार्यक्रम सुरु गर्नुभएको थियो । 

कार्यक्रममा रक्तदाता र सहयोग गर्नुहुने संघ संस्थालाई प्रशसा पत्र पनि प्रदान गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा रक्तदानको महत्वमाथि प्रकाश पारिएको थियो ।