रियालिटी शो ‘नेपाल स्टार’ र वाईवाईबीच प्रायोजन सम्झौता 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ फाल्गुन १२, सोमबार


काठमाण्डौ । नेपाली मौलिक गायन रियालिटी शो ‘नेपाल स्टार’ र वाईवाईबीच प्रायोजन सम्झौता भएको छ । 

नेपाल टेलिभिजनले उत्पादन गर्न लागेको रियालिटी शो नेपाल स्टार वाईवाईबीच आइतबार एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल टेलिभिजनका लािग कि इडभरटिजमेन्ट र वाईवाईका तर्फबाट चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

रियालिटी शोमा आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको भूमिकामा रहनेछन् । अर्का निर्णायक आलोक श्रीले नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सातवटै प्रदेश र काठमाडौंमा गरी ८ स्थानबाट लिइएको पहिलो चरणको अडिसन सकिएको समेत जानकारी दिनुभयो । अर्को अडिसन राउण्डमा जाँदा धेरै चुनौतीहरु रहेको उहाँले बताउनुभयो । नेपाली संगितमा टेवा पु¥याउने खालको कलाकार खोज्ने आशा आफुहरुले गरेको उहाँको भनाई छ ।

निर्णायक रामकृष्ण ढकालले आफुले करियर सुरु गर्दा नेपालमा यस्ता रियालिटी शोहरु नहुँदा धेरै संघर्ष गर्नुपरेको उल्लेख गर्नुभयो । आफैले संघर्ष गरेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिलेको पिँढीलाई प्रविधि र बजारले केही सहज बनाएको बताउनुभयो ।

नेपाल स्टार नेपाली प्रतिभाहरुका लागि बनाइएको कार्यक्रम भएको उल्लेख गर्दै उहाँले हिजो एक्लै हिँड्दा वर्षौ वर्ष संघर्ष गर्नुपरेको तर अहिले एक वर्षमा प्रतिभावान कलाकारलाई स्टार बनाउने दावी गर्नुभयो । 

अर्का निर्णायक अन्जु पन्तले आफुहरु राम्रो प्रतिभाको खोजीमा रहेको बताउनुभयो । नेपालमा राम्रो आवाज भएका प्रतिभाहरु रहेकोले रियालिटी शो नेपाल स्टार उनीहरुको आशलाग्दो प्लेटफर्म रहेको उहाँको भनाई छ ।

रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको छ । उत्कृष्ठ ४ मा परेका सबैर्लाइ पुरस्कार प्रदान गरिने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले बताउनुभयो । उत्कृष्ठ चार जनाले नै जनही ५ लाख र टाइटल विजेताले थप ३० लाख पुरस्कार पाउने उहाँले बताउनुभयो ।