भारतमा बैशाख २१ सम्म लकडाउन घोषणा 

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ बैशाख २, मंगलबार


एजेन्सी । भारतमा विगत २१ दिनदेखि जारी लकडाउन थपिएको छ । 

भारतका प्रधानमन्त्री  नरेन्द्र मोदीले देशबासकिा नाममा सम्बोधन गर्दै आगामी मे ३ अर्थात् बैशाख २१ गतेसम्मका लागि लकडाउन गरिएको घोषण गरेका हुन् । 

देशमा जारी लकडाउन थप्ने कि नथप्ने विषयमा प्रधानमन्त्रीले देशका कोरोना प्रभावित विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै आइरहेका थिए।

उनलाई कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए।

भारतमा मंगलबार बिहानसम्म १० हजार ३ सय ६३ जनामा कोरोनाको संक्रमण देखा परेको छ । 

सम्बोधनमा मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर भरसक रोक्ने प्रयास कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए।

उनले आगामी एकसाता अर्थात् अप्रिल २० सम्म लकडाउनलाई कडाइकासाथ लागू गरिने बताएका छन्।

भारतले देशमा ५५० जनामा संक्रमण देखिएपछि २१ दिनको लकडाउन गर्ने घोषणा गरेको थियो।

You may also like: