लकडाउनलाई ध्यानमा राख्दै सहजिकरण गर्न आग्रह 

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ बैशाख १५, सोमबार


भक्तपुर । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) ले कोरोना भाइरस ( कोभिड १९) को सङ्क्रमण फैलन नदिन सरकारले गरेको लकडाउनबाट प्रभावित नागरिकलाई स्थानीय सरकारलाई आवश्यक थप सहजिकरण गर्न आग्रह गरेको छ । 

कोरोना भाइसको सङ्क्रमण फैलन र लकडाउन पूर्णरुपमा कार्यान्वयन गराउन हालसम्म स्थानीय सरकारले गरेको कामको इह्रिकनले उच्च मूल्याङ्कन गर्दै लकडाउन अझै केही दिन लम्मविन सक्ने संभावना भएकाले त्यसपछिका आइपर्ने जोमिको आवश्यक सहजिकरण गर्न स्थानीय सरकालाई आग्रह गरेको हो । 

आइतवार बिहहान ९ देखि १० बजेसम्म इह्रिकनले सूर्यविनायक र चाँगुनारायण नगरपालिका स्थित इह्रिकनका प्रतिनिधि र सरोकारवालासँग भिडियो कन्नफ्रेन्स गर्दै आवश्यक सहजिकरणका लागि सूर्यविनायक  र चाँगुनारायण नगरपालिकालाई थप आवश्यक सहजिकरणका लागि आग्रह गरेको हो । 

भिडियो कन्फ्रेन्समा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष मीना शर्मा, इह्रिकनका प्रबन्धक पञ्कजराज देवकोटा, लेखा प्रमुख आस्था ढकाल, चाँगुनारायण नगरपालिका स्थानीय सभाका संयोजक श्रीराम लामिछाने, भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं.७ का रेडियो श्रोता क्लबका संयोजक गणेश वाग्ले र सञ्चारकर्मी सहितको उपस्थिति रहेको थियो ।

भिडियो कन्फ्रेन्समा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष मिना शर्माले स्थानीय तहले गरेको कामकै आधारमा नेपालमा कोरोना भाइरसको सङ्क्रमण तिब्र गतिमा फैलन नकेको भन्दै त्यसका लागि आगामी दिनमा आइपर्ने जोखिमको सामना गर्नका लागि नागरिक समाज, सञ्चारर्की र गैरसकारी संस्थाहरुसँग समन्वय गरेर अगाडि बढ्न स्थानीय तहलाई आग्रह गर्नुभयो । त्यसका लागि आवश्यक परे सहजिकरण इह्रिकनले गर्ने बताउनुभयो ।

इह्रिकनका प्रबन्धक पञ्कजराज देवकोटाले स्थानीय तहले हालसम्म गरेको कामको प्रशंसा गर्दै किसानलाई सर्वसुलभ रुपमा वीउविजन, वितरण, आफ्नै गाउँघर फर्कन चहान नागरिकलाई सुरक्षित तरिकाले फिर्ता गराउने र सोको तथ्याङ्कन राख्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो । चाँगुनारायण नगरपालिका स्थानीय सभाका संयोजक श्रीराम लामिछानले चाँगुनारायण नगरपालिकाले किसानलई ५० प्रतिशत छुटमा वीऊ विजन वितरण गरिएको जानकारी दिदै त्यसको आवश्यक सहजिकरण नेपाल रेडक्र्स सोसाइटी नगरकोट शाखाले गरिरहहेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं.७ का स्थित रेडियो श्रोता क्लबका संयोजक गणेश वाग्ले असङ्गठित क्षेत्रमा कार्यरत दैनिक ज्याला मजदुरी गर्ने नागरिक दोस्रो चराणको राहत वितरणको प्रतिक्षामा रहेकाले उहाँहरुलाई राहत वितरण कार्यमा नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो । 

सो क्रममा भिडियो कन्नफ्रेन्स बैठकका लागि आवश्यक सहजिकरण इह्रिकनका लेखा प्रमुख आस्था  ढकालले गर्नुभएको थियो । 
 

You may also like: