वडा अध्यक्षमाथि कुटपिट

अनन्त सन्देश
२०७७ बैशाख १८, विहिबार

काठमाण्डौ । मन्दिर निर्माणका निम्ति गठन भएको उपभोक्ता समितिका बिषयमा उब्जिएको विवादमा कालीकोटको पचालझरना गाउँपालिका–१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको छ ।
घाइते वडाध्यक्षलाई उपचारका लागि एम्बुलेन्सनमा कोहलपुर मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
कुटपिटमा संलग्न पाँच जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा स्थानीय जनक, पारस, तीलक, उमेश र कमल न्यौपानै रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय पचालझरनाले नियन्त्रणमा लिएर जिल्लामा पठाएको हो ।
बुधबार साँझ वडाको बैठक सकेर फर्किने बेला युवकको समूहले उपभोक्ता समितिको विषयमा वडा कार्यालयका सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गर्न खोज्दा छुुट्याउन गएका अध्यक्षमाथि कुटपिट भएको थियो ।
वडाध्यक्ष न्यौपानेको टाउको, नाक, हात र छातीमा चोट लागेको छ ।