नेपाली युवा दिवेश अमेरिकन आइडलको उत्कृष्ट १० मा पुग्न सफल

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ बैशाख २२, सोमबार


काठमाण्डौ । नेपाली युवा दिवेश पोखरेल ‘अमेरिकन आइडल’को १८ औं संस्करणमा उत्कृष्ट १० मा पुग्न सफल भएका छन्।

विश्वव्यापी रुपमा चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’मा २१ वर्षीय दिवेश कार्यक्रममा ‘आर्थर गन’ को नामबाट प्रतिष्पर्धा गरिरहेका छन्।

उनले आफ्नो सामाजिक संजाल फेसबुक, इस्टाग्राम र ट्वीटरबाट आफू उत्कृष्ट १० मा पुगेको जानकारी दिएका हुन्।

उनले यी माध्यमबाट आफूलाई भोट गर्ने सबैलाई साथ र समर्थनका लागि धन्यवाद दिएका छन्।

उनले आफू आउँदो दिनका लागि उत्साहित रहेको बताएका छन् ।