एसपी र डिएसपीहरुको काज सरुवा
विमलकुमार थापा
२०७५ जेष्ठ ११, शुक्रबार

काठमाडौं । प्रहरी प्रधान कार्यालयले केही प्रहरी उपरिक्षक(एसपी) र प्रहरी नायव उपरिक्षक (डिएसपी) हरुको काज सरुवा गरेको छ । सरुवा हुनेहरुमा एसपीहरु लोकेन्द्र श्रेष्ठ, डम्बरबहादुर विक, जिवन कुमार श्रेष्ठ, शेखर कोईराला, ध्रुव राज राउत, दान बहादुर कार्की र राजन अधिकारी रहेका छन् ।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा रहेका लोकेन्द्रको जिप्रका मकवानपुर, महानगरी ट्राफिक महाशाखामा रहेका विकको जिप्रका धादिङ, सिआईवीमा रहेका श्रेष्ठको जिप्रका सिराहामा सरुवा भएको छ । त्यसैगरी जिप्रका सिराहामा रहेका कोइरालाको ट्राफिक निर्देशनालय, जिप्रका धादिङमा रहेका राउतको अ.अ. विभाग, अख्तियारमा रहेका अधिकारीको जिप्रका सुनसरी र अख्तियारमा नै रहेका कार्कीको आईजीपीको सचिवालयमा सरुवा भएको छ । सचिवालयमा सरुवा भएका कार्की प्रहरीमा राम्रा एसपीका रुपमा गनिन्छन् ।
त्यस्तै महानगरीय कार्यालय रानीपोखरीमा कार्यरत डिएसपी रुकेश तण्डुकारको जिप्रका अछाममा सरुवा भएको छ भने अछाममा कार्यरत दधिराम न्यौपानेलाई अ.अ. विभागमा ल्याइएको छ ।