लकडाउनमा गायक पौडैलको लिरिकल भिडियो सार्वजनिक (भिडियो सहित)

अनन्त सन्देश
२०७७ बैशाख २६, शुक्रबार

काठमाण्डौ । देश कोरोनो भाइरस (कोभिड–१९) का कारणले बन्दाबन्दीमा रहेको अवस्थामा गायक विष्णु पौडेलले बादलुको घुम्टो बोलको गीतको लिरिकल म्यूजिक भिडियो लिएर आएका छन् ।
बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै आममानिसहरु आफ्नो परिवारका साथमा विशेषतः इन्टरनेट तथा विभिन्न प्रविधिको मार्फत मनोरञ्जन तथा विभिन्न सिकाइमा रहेको अवस्थामा पौडेलले पनि सोही प्रक्रिया अपनाई उक्त भिडियो आफै निर्माण गरेका हुन् ।
उनले भिडियोलाई आफ्नौ यूटुव च्यानलबाट प्रसारण गरेका छन् । यो बन्दाबन्दीको समयमा दर्शहरुले उक्त भिडियो हेर्न सक्ने भएका छन् । शब्द, स्वर तथा संगीत पौडेल स्वयंको रहेको छ भने संगीत संयोजन भने गोपाल रसाइलीको रहेको छ ।