सचेतनाको लागि गोष्ठी
Bimal Kumar Tha[a
२०७५ जेष्ठ १२, शनिबार

काठमाण्डौ । निजामति कर्मचारी अस्पतालमा स्वास्थ्य तथा सचेतनाको लागि सहयोगी नेपालले १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सिभिल हस्पिटल बानेश्वरमा सम्पन्न उक्त गोष्ठीमा विभिन्न अस्पताल तथा संस्थाबाट ४५ जना प्रतिनिधि सहभागि भएका थिए ।
कार्यक्रममा आफूमा ल्याउनु पर्ने सुधार र सेवाग्राही प्रति गरिनुपर्ने व्यवहार सम्बन्धी कार्यकमका प्रमुख प्रशिक्षक हिम्मत सिंह लेकालीले सैदान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्नुभयो ।
कार्यक्रमको हौसला बढाउन निजामति कर्मचारी अस्पतालका चिकित्सक एवं पूर्व कार्यकारी निर्देशक डा.विमलकुमार थापा विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रको समेत उपस्थिति रहेको थियो ।