भीम रावलका सुरक्षाकर्मीमा कोरोना पुष्टीसँगै नेकपा स्थायी कमिटी बैठक स्थगित

अनन्त सन्देश
२०७७ बैशाख ३१, बुधबार

काठमाण्डौ । बुधबार विहान ११ बजेका लागि डाकिएको नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ ।
नेकपा स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई कोरोना देखिएको भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।
यसअघि संघीय सांसदहरुको कोरोना परीक्षण गरिएको थियो भने अन्य नेताहरुको कोरोना परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगित गरिएको हो ।
मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।
यो सँगै नेकपाको स्थायी कमिटी बैठक अनिश्चित भएको छ ।