नेकपा नेता रावलले भने, ‘अब भक्तपुरको दुवाकोटतिर टेस्ट बढाउनुपर्ने देखियो’ 

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ बैशाख ३१, बुधबार


काठमाण्डौ । नेकपा नेता भीम रावलले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई कोरोना पुष्टी भएसँगै उनका बारेमा बोलेका छन् । आफ्ना सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना पुष्टीसँगै रावलमाथि नै कोरोनाको आशंका गरिएपश्चात उनले भक्तपुरको दुवाकोटतिर बसोबास गर्ने उनलाई स्थानीय समुदाय कोरोना सरेको हुन सक्ने दाबी गरेका छन् ।

रावलले आफ्ना सुरक्षाकर्मी विगत १ महिनादेखि घरविदामा बसेका कारण त्यहीबाट कोरोना सरेको हुनसक्ने बताए । उनले भने, ती सुरक्षाकर्मी विगत १ महिनादेखि घरविदामा थिए, उनमा कोरोना उतैबाट सरेको हुनसक्छ । अब त्यो एरियाका अरु मानिसहरुमा तत्काल परीक्षणको दायरा बढाउनुपर्छ ।

‘उनी श्रीमती बिरामी भएको भन्दै एक महिनादेखि घर गएका थिए,’  रावलले भने, ‘अस्ति श्रीमती निको भइन्, ड्युटीमा आउँछु भनेर फोन गरेका रहेछन, कोरोना जाँच गराएर मात्रै आउनू भन्दिएको थिएँ, जचाउन जाँदा पोजेटिभ देखिएछ ।’

अब ती सुरक्षाकर्मीको सम्पर्कमा आएका भक्तपुरका अरु मानिसहरुको पनि जाँच गर्नुपर्ने र उनमा कोबाट संक्रमण भयो भन्ने पत्ता लगाउनुपर्ने रावलले बताए । उनले भने, ‘अब भक्तपुरको दुवाकोटतिर टेस्ट बढाउनुपर्ने देखियो ।’

प्रतिनिधिसभा सदस्य समेत रहेका रावलको यसैसाता पीसीआर टेस्ट भइसकेको बताए । उनले भने  ‘२६ गते संसद बैठकको पूर्वसन्ध्यामै टेस्ट नगरी बैठकमा जानै पाइँदैनथ्यो । त्यहीबेला मेरो पनि जाँच भइसकेको छ र नेगेटिभ रिपोर्ट आएको छ ।’