पत्रकार मञ्चलाई प्रेस ज्याकेट हस्तान्तरण 

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ जेष्ठ २, शुक्रबार


काठमाण्डौ । नेपाल मोबाइल वितरण संघले कोरोना भाइरस (९कोभिड–१९) का बारेमा सचेतना अभिबृद्धि गर्ने कार्यमा अग्रपंक्तिमा क्रियाशील सञ्चारकर्मीहरुको निम्ति आवश्यक पर्ने प्रेस ज्याकेट नेपाल पत्रकार मञ्चलाई हस्तान्तरण गरेको छ । 

संघका अध्यक्ष दिनेश चुल्याद्योका तर्फबाट मञ्चका कार्यसमिति सदस्य जेन श्रेष्ठले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई ५० थान ज्याकेट हस्तान्तरण गर्नुभयो । 

पत्रकार मञ्चलाई हस्तान्तरण गरिएको उक्त ज्याकेट आजै नेपालका विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुलाई वितरण गरिएको छ ।

यस्तै नेपाल पत्रकार मञ्चकी सदस्य भद्रा भण्डारीले पनि पत्रकारहरुका निम्ति आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) वितरण गर्नुभएको छ । 

You may also like: