भक्तपुर अनन्तलिङ्गेश्वर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्पको धक्का

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ जेष्ठ ८, विहिबार


भक्तपुर । भक्तपुरमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भक्तपुर अनन्तलिङ्गेश्वरको केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको हो।

भक्तपुरसँगै काठमाडौंलगायत आसपासका जिल्लाका स्थानीयले धक्का महसुस भएको जनाएका छन्।