पत्रकार मञ्चलाई एन–९५ माक्स हस्तान्तरण

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ असार ५, शुक्रबार


काठमाण्डौ । नेपाल पत्रकार मञ्चकी सदस्य सुशीला गौतमले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका बारेमा समाचार सम्प्रेषणका निम्ति क्रियाशील पत्रकारहरुको सुरक्षाका निम्ति एन–९५ माक्स नेपाल पत्रकार मञ्चलाई हस्तान्तरण गर्नुभएको छ । 

कोभिड–१९ का समाचार सम्प्रेषण गर्दा अग्रभागमा क्रियाशील पत्रकारहरुलाई आउन सक्ने जोखिम न्यूनीकरण गर्नको निम्ति सुरक्षा माक्स उपलब्ध गराइएको सुशीला गौतमले बताउनुभयो । 

यसअघि पनि उहाँले नेपाल पत्रकार मञ्चलाई एक थान प्रिन्टर उपलब्ध गराउनुभएको थियो । 

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको अभियानमा अग्रभागमा क्रियाशील पत्रकारहरुको सुरक्षाको निम्ति माक्स उपलब्ध गराउनुभएकोमा धन्यवाद दिँदै नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले मञ्चलाई प्राप्त उक्त माक्स सदस्यहरुलाई वितरण गरिएको बताउनुभयो । 
 

You may also like: